दफा ३९
सञ्चार प्रतिष्ठानको नीति विपरीत कार्य गर्न नहुने
(१) सञ्चार प्रतिष्ठानको नीतिको
विपरीत हुने गरी वा सञ्चार प्रतिष्ठान वा पत्रिका र जनताको पारस्परिक सम्बन्धमा वा कुनै
विदेशी राष्ट्र वा क्षेत्रको सम्बन्धमा खलल पर्न सक्ने गरी कुनै पनि श्रमजीवी पत्रकारले
आफ्नो वास्तविक वा काल्पनिक नामबाट वा वेवारिश कुनै लेख प्रकाशित गर्न, प्रेसलाई कुनै
खबर दिन, रेडियो वा टेलिभिजन आदिद्वारा भाषण प्रसारित गर्न, कुनै सार्वजनिक भाषण दिन
वा कुनै वक्तव्य प्रकाशित गर्न हुँदैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून र सञ्चार
प्रतिष्ठानको नीति विपरीत नहुने गरी लेख प्रकाशन वा प्रसारण गरी स्वस्थ्य आलोचना गर्न
बाधा पर्ने छैन ।